arrow

शेयर बजारमा पहिरो, एक सय ४५ अङ्कले ओरालो

अहिलेसम्मकै उच्च कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । 

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ ।

कुल पाँच करोड ३८ लाख ४४ हजार दुई सय ३७ कित्ता शेयर रु २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार आठ सय ७४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

कुर्थली बुखरी स्मल हाइड्रोपावर नौ दशमलव ९७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ९४, मेघा म्युचुअल फण्ड पहिलो तीन दशमलव ८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले तीन दशमलव १६ प्रतिशतले कमाएका छन् ।

नेपाल फाइनान्स, गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ