- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ ।
यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइने बताइएको छ ।
शीर्ष नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाइसकेपछि शीर्ष नेताहरूबाट सबै विषय टुङ्गिनेछ । शीर्ष नेताहरूको सुझावपछि समितिबाट चालु संसदबाटै विधेयक पारित गर्ने बताइएको छ ।