- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको छैटौँ महाधिवेशन यही भदौ १२ र १३ गते हुँदैछ । यसको तयारी तीव्र भइरहँदा परिषद्को सचिवालय समितिले विभिन्न समितिहरु निर्माण गरेर महाधिवेशन सम्पन्न पार्ने जनाएको छ ।
अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा छैटौँ महाधिवेशन उच्चस्तरीय समन्वय संयोजन समिति, वरिष्ठ उपाध्यक्ष केशवप्रसाद धितालको संयोजकत्वमा आयोजक समिति, प्रथम उपाध्यक्ष सन्तोष वशिष्ठको संयोजकत्वमा श्रोतसाधन व्यवस्थापन समिति, उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा ग्रहपूजा तथा स्वस्तिवाचन उपसमिति, महासचिव कमलप्रसाद काफ्लेको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, उपमहासचिव लिलाराज शर्माको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव वेदराज पन्तको संयोजकत्वमा मन्च व्यवस्थापन उपसमिति, कोषाध्यक्ष भुपेन्द्रराज घिमिरेको संयोजकत्वमा आर्थीक व्यवस्थापन उपसमिति, प्रचार सचिव घनश्याम चापागाईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वरिष्ठ सदस्य लक्ष्मण पन्थीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, वरिष्ठ सदस्य खिलनाथ काफ्लेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको परिषद्का महासचिव कमलप्रसाद काफ्लेले जानकारी दिए ।
गठित उपसमितिहरुले सदस्यहरु मनोनित गरी आफ्नो कामकाज अगाडि बढाउने र आफ्नो कार्यको प्रगति विवरण समय समयमा आयोजक समितिलाई बुझाउनुपर्ने निर्णय भएको प्रवक्ता शिवलाल पौडेलले जानकारी दिए। महाधिवेशनमा अध्यक्षमा ३ जनाको प्रतिष्पर्धा हुने चर्चा चलेको बताइएको छ ।
महाधिवेशन काठमाडौँको नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा हुनेछ ।