arrow

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
esewa-new-logo-image.jpg
तस्बिर : फाइल

काठमाडौँ। गुगलले हालसालै जारी गरेको नयाँ नीति अन्तर्गत, एप डेभलपरहरूले आफ्नो अकाउन्ट विवरणमा कुनै भिन्नता देखिएमा गुगलले उक्त प्रोफाइल र एपहरूलाई प्ले स्टोरबाट हटाउने प्रक्रिया अपनाउने गरेको छ। यसै सन्दर्भमा इसेवाको एप पनि केही समयका लागि गुगल प्ले स्टोरबाट हटाइएको थियो।

इसेवाको डेभलपर अकाउन्ट यसअघि इसेवा प्राइभेट लिमिटेडको नाममा भेरिफाइड रहेको थियो। तर, कम्पनीको नाम प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएपछि गुगलको सिस्टममा भएको विवरण र डुन्स नम्बरमा भएको विवरण बीच भिन्नता देखिएको थियो। डुन्स नम्बर डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले प्रदान गर्ने एक प्रकारको कोड हो। जसको प्रयोग गुगलले बिजनेस तथा संस्था भेरिफिकेसनको लागि गर्छ। नाम परिवर्तनका कारण गुगलको सिस्टम र डुन्स नम्बरमा फरक देखिएपछि इसेवाको एप प्ले स्टोरबाट अस्थायी रूपमा हटाइएको थियो।

हाल, सबै प्रक्रिया पूरा भइसकेकोले इसेवा एप पुनः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ। इसेवाले भने कुनै पनि एपको विवरण परिवर्तन हुँदा यस्ता अस्थायी समस्याहरू सामान्य हुने र यो कुनै सुरक्षा कमजोरी वा सुरक्षा सम्बन्धी समस्याका कारण नभएको स्पष्ट पारेको छ।

इसेवा सेवाग्राहीहरूले अब पुनः प्ले स्टोरबाट एप डाउनलोड र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ