arrow

हनुमान मन्दिर पूजापछि निकालिने झण्डीको सुरक्षामा प्रजिअको नेतृत्वमा पाँच सय प्रहरी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
hanuman-mandir-rautahat.jpg

रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित हिन्दू समुदायले मनाउने झण्डीको सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ।

ईशनाथ ७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिमबीच साम्प्रदायिक सद्भाव न बिग्रियोस् भनेर विशेषा सजगता अपनाइएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं स्वयं नेतृत्व गरेर विशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रत्येक वर्ष साउन पञ्चमी अर्थात् नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजासहित त्यहाँबाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दू समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन्। 

अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भइरहेको छ भने अपरान्ह झण्डी निकाल्ने योजना रहेको प्रजिअ रेग्मीले जानकारी दिएका छन्। 

गाउँको उत्तर तर्फ बाकलो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन् । सोही क्रममा दुई समुदायबीच झडपको अवस्था उत्पन हुने गर्दछ।

विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस् भनेर बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको रेग्मीले जानकारी दिएका छन् । 

उल्लेखनीय छ गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । 

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल परिचालित भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ