arrow

जीप दुर्घटनामा चालकसहित आठ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
accident-final.jpg

पोखरा । बागलुङमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । हटियाबाट बागलुङ बजार जाँदै गरेको ध१च ९५२ नम्बको बलेरो जीप काठेखोला गाउँपालिका वडा नं ५ मिलनचोकको मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक बागलुङ गलकोट-१ दुधिलाभाटीका ३३ वर्षीय देवेन्द्र शर्मा, गलकोट नगरपालिका वडा नं ३ हटियाकी २१ बर्षीया तारा गौतम, गलकोट-४ चमुवाका २६ वर्षीय नवीन सुवेदी, सोही स्थानका २३ वर्षीय मदन शर्मा, गलकोट-८ काडेवासकी २५ वर्षीया लक्ष्मी पुन, सोही स्थानकी १९ वर्षीया स्मृती बुढाथोकी, बर्ष २५ वर्षीय विपिन शर्मा र गल्कोट-९ रिस्मीका २४ वर्षीय गणेश सापकोटा छन् ।

उनीहरुको धवलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भएर पल्टिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ