arrow

खुल्यो त्रिदेशीय व्यापारिक बङ्गलाबन्धु नाका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
bhutani-saranarthi-siwir.jpeg

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । 

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए । 

उनले भने, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ” 
    
कार्यालयका अनुसार गत आव २०८०÷८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ