arrow

कोरिया–नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा हरेक महिना विशेष कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
nepal-korea-relation-planta.jpg

काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । यस वर्ष दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिक उत्सव समारोहमा हरेक महिना नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले जनवरी महिनाबाट नै विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आएको छ। 
 
जनवरी महिनामा ५०औँ वार्षिक उत्सव लोगो समुद्घाटन तथा कोरियामा रोजगारीको अनुभव भएका २६ वटा वास्तविकतामा आधारित सफल व्यवसायिक कथाहरु समावेश गरिएको पुस्तक प्रकाशनमा ल्याएको छ। उक्त पुस्तकको माध्यमबाट वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा फर्किएर उद्योगीको भूमिकामा रही नेपालमा रोजगारी सिर्जनाका साथै देशको अर्थतन्त्रका लागि योगदान गर्न सक्छन भन्ने नेपालस्थित कोरियाली दूतावासको बुझाइ रहेको छ।   

फेब्रुअरी महिनामा कोरियाबाट नेपाललाई सहयोगका रुपमा उपलब्ध गराइएका १०१ वटा उच्च नश्लका गाईले बाच्छीहरु जन्माउने क्रम शुरु भई नेपालको दुग्ध क्षेत्र विकासमा ठूलो सहयोग मिल्ने अपेक्षा गरिएको छ। सोही अवसरमा नेपालका लागि कोरियाली राजदूतलगायत दूतावासको टोली सिन्धुली जिल्ला कमलामाई भ्रमण गरेर महिला कृषकलाई बाच्छी हस्तान्तरण गर्ने कार्यक्रम आयोजना गरियो। त्यसैगरी कमलामाईलाई नमूना डेरी भिलेजको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।  

मार्च महिनामा गणतन्त्र कोरियाली दूतावासले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोमा कोरियाली कम्पनीको विभिन्न बुथका माध्यमबाट भाग लिनुका साथै (फोकस कन्ट्री)का रुपमा सहभागीता जनाई राजदूतले मन्तव्यका क्रममा दुई देशका उद्योगीको सहकार्यले नेपालमा लगानीमैत्री वातावरण तयार हुने धारण राखेका थिए।

अप्रिल महिनामा कोरिया नेपाल सम्युक्त पर्वतारोहण टोलीले ५०औं वर्षगांठको उपलक्षमा जुगल हिमालको सफल आरोहण सम्पन्न गरी स्रस्कृती पर्यटन मन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थितीमा संयुक्त आरोहण टोलीलाई बधाई दिने कायक्रम आयोजना गरियो। दूतावासले नेपालको पर्यटन क्षेत्रको प्रवर्धन गर्न सहयोग मिल्ने अपेक्षा गर्नुका साथै भविष्यमा पनि नेपालको पर्यटन क्षेत्र विकासका लागि हातेमालो गर्ने योजना रहेको छ।  

मे महिनामा नेपालका प्रतिष्ठित पत्रकारहरुको भेला गरी विगत ५० वर्षमा कोरिया र नेपालबीच सम्पन्न भएका आयोजना, हाल सञ्चालनमा रहेका आयोजना तथा भविष्यमा सञ्चालन हुने विकास साझेदारी कार्यक्रमका बारेमा राजदूत लगायतबाट जानकारी दिलाउने कार्य सम्पन्न भयो जसको माध्यमबाट नेपाल र कोरियाबीच मित्रवत सम्बन्ध उचाई चुम्दै गएको गएको उदाहरण पेश भयो।  

जुन महिनामा कोरियाबाट प्रख्यात के-पप दोली तथा के टाइगर टोलीले नेपालका दर्शकमाझ आफ्न्नो कला क्षमता प्रस्तुत गरेर हजारौँ दर्शकलाई मनोरञ्जन दिलाउने कार्यक्रम आयोजना भयो।

सोही महिनामा कोरियाली भाषा वक्तित्वकला तथा हाजिरी जवाफ कार्यक्रम आयोजना भयो। नेपालमा कोरियाली भाषाको महत्व तथा कोरियाली संस्कृतिको बारेमा बुझ्ने अवसर प्रदान गरियो। 

जुलाई महिनामा नेपालमा रहेका कोरियाली पप संगितका पारखीहरुको के-पप नृत्य तथा सांगितीक कार्यक्रम   आयोजना गरेर प्रथम स्थान हांशिल गर्ने टोलीको भिडियो बनाई अन्तिम छनोटका लागि कोरिया पठाउने कार्य सम्पन्न भयो। नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्ध विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

कुटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिक उत्सव मनाउने क्रममा अगष्ट महिनाको ९ तारिख (शुक्रबार)मा  कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोशियसन र कोरियाली दूतावासको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। 

गोकणेश्वर नगरपालिकामा रहेको राष्ट्रिय शहिद तथा शान्तिपार्कको समिपमा अगस्त ७, ८ तारिखमा  झण्डै  ३०० वटा बिरुवा वृक्षारोपण गर्दै ९ तारिखका दिनमा विधिवत रुपमा नेपाल सरकार वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको प्रमुख आतिथ्यमा, बाग्मती प्रदेश वन तथा वातावरण मन्त्री कृष्णप्रसाद शिलवाल, साम्सदहरु, नगर पालिका प्रमुख लगायतका स्थानिय पदाधीकारीहरु, नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङ लगायत दूतावसका कर्मचारीहरु, कोटानका अध्यक्ष अमरबहादुर शाही लगायतका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा स्थानीयको सहभागितामा सामुदायिक वन दिवसको दिन पारेर वृक्षारोपण कार्याक्रम भव्यताका साथ समापन भएको छ।  

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपालका लागि कोरियाली राजदूत पार्कले गणतन्त्र कोरिया र नेपालबीच कुटनितीक सम्वन्ध स्थापनाको ५०औं वर्षगांठको उपलक्षमा नेपालको पर्यटन क्षेत्रमा कोरियाली पर्यटकलाई सेवा प्रदान गर्दै योगदान गरिरहेका कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एशोशिएसन अफ नेपालसंग वृक्षरोपण कार्यक्रम  संयुक्त आयोजना गर्नुलाई दुई देशबीचको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने धारण राखे। उनले दुई देशको सम्वन्ध विस्तार तथा जलवायु परिवर्तनले वातावरणमा पर्न गएको नकारात्मक प्रभावलाई वृक्षारोपणको माध्यमबाट सहयोग पुग्ने धारणा राखे । 

त्यसैगरी विगतको ५० वर्षको सम्वन्धलाई मूल्याङकन गर्दै भविष्यका ५० वर्षको सुमधुर सम्वन्ध स्थापना गर्नका लागि दुई देशबीच आपसी साझेदारीमा आधारित कार्यक्रम तर्जुमा गर्ने बारेमा मन्तव्य राखे । 

उक्त कार्यक्रममा प्रमुख अतिथि वन तथा वातारवण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्तव्यका क्रममा नेपाल कोरिया कुटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा कोरिया र नेपालबीच सरकारी तहमा मात्र नभै जनस्तरमा समेत घनिष्ट सम्वन्ध रहेको धारणा राखे। 

त्यसैगरी कोरिया सरकारले नेपालका कृषि, शिक्षा, स्वास्थ्य, जलश्रोत लगायत विभिन्न क्षेत्रमा गरेको विगत देखिको योगदानलाई खुलेर प्रशंसा गर्दै मुगु जिल्लामा निर्माण सम्पन्न भएको कोरियाली सहयोगमा निर्मित अस्पतालले सो क्षेत्रका वासिन्दाको लागि सराहनीय कार्य भएको स्मरण गरे । 

कोरिया सरकारले नेपालका बहुसंख्यक युवालाई रोजगारीको अवसर दिएर नेपालको अर्थतन्त्रमा सहयोग मिलेको प्रशंग उठाउनु भयो। भविष्यमा पनि दुई देशको सम्बन्ध सुमधुर हुँदै गई वृक्षरोपण भएका बिरुवाले भविष्यमा दुई देशको प्रतिकको रुपमा भूमिका खेल्ने अपेक्षा राख्दै ५०औं वर्षगाँठको अवसरमा नेपाली र कोरियाली जनताहरुलाई शुभकामना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ