arrow

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
accident-chauthe.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा आज दिउँसो बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । मृतक व्यक्तिको पहिचान हुन सकेको छैन ।

पोखराको पृथ्वीचोकतर्फ आउँदै गरेको भे१ख ४००९ नम्बरको यात्रु बसले आज दिउँसो करिब १२ः१५ बजे पैदल यात्रामा रहेका युवकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारकैक्रममा दिउँसो १२ः५८ बजे ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो बस सहचालकले चलाएका थिए । प्रहरीले चालक सूर्य पौडेल र सहचालक नवीन विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ