arrow

चट्याङ पर्दा १० जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
lighiting-chatank.jpg

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडामा आज चट्याङ पर्दा १० जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रितादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फूलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका-३ ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनकानुसार स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्य तिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो ।

घाइतेको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ