arrow

माछापोखरीमा डुबेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
Khotang-hamrakura.jpg.jpeg

खोटाङ । खोटाङमा माछापोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साकेला गाउँपालिका  वडा नं. १ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देवीप्रसाद ढकाल छन् ।

आज बिहान करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन् । 

बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा उनी मृत फेला परेको जनाइएको छ । 

देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ