arrow

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
accident-final.jpg

पोखरा । स्याङ्जामा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका वडा नं. ४ देवीस्थान घर भई हाल चापाकोट नगरपालिका वडा नं.१० बोटेटारमा बस्दै आएका २८ वर्षीय महेन्द्र दमाई छन् ।

चापाकोट नगरपालिका वडा नं. १० बायोडाँडास्थित भित्रि सडकखण्डमा बारीकुनाबाट माटो लिई चापाकोटतर्फ आउँदै गरेको लु४त २२१ नम्बरको ट्याक्टर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । 

प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठका अनुसार दुर्घटनामा चालक गम्भीर घाइते भएका थिए । उनको चापाकोट अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ