arrow

जनप्रिय क्याम्पस मानित विश्वविद्यालय बन्ने प्रक्रियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
jmc-pokhara.jpg

पोखरा । समुदायस्तरबाट स्थापना भएको पोखराको जनप्रिय बहुमुखी क्याम्पस मानित विश्वविद्यालय बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले स्वायत्त कार्यक्रम सञ्चालन गर्दै मानित विश्वविद्यालय बन्ने प्रक्रियामा क्याम्पस अगाडि बढेको बताए ।

क्याम्पसका सभासद् एवं गण्डकी प्रदेशका समाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाको स्वागत एवं सम्मानार्थ क्याम्पसमा आयोजित कार्यक्रममा खड्काले यस्तो बताएका हुन् ।

प्रदेश सरकारको सहयोग भएमा आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न सक्षम भएको खड्काले बताए । उनले क्याम्पसमा पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिए ।

सो अवसरान मन्त्री थापाले जनप्रिय बहुमुखी क्याम्पसको भौतिक पूर्वाधारका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरी सङ्घ सरकारसम्म पहल गर्ने उनले स्पष्ट पारे ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले समुदायस्तरबाट स्थापित क्याम्पस राष्ट्रियस्तरको बनेको उल्लेख गर्दै विद्यार्थीको चापसँगै पूर्वाधार विकास र जग्गा अभावको समस्या रहेकोमा ध्यानाकर्षण गराए ।

पूर्वकार्यवाहक अध्यक्ष परशुराम बरालले क्याम्पसको ३३ वर्षको सकारात्मक परिणामको चर्चा गर्दै निर्वाहमुखी व्यवस्थापनले बदलिँदो समयमा क्याम्पस सञ्चालनका लागि समस्या भएका कारण जग्गा र भौतिक पूर्वाधार आवश्यक भएकोमा जोड दिए ।

उपप्रशासक एकनारायण अर्यालले नेपालमै पहिलो पटक पर्यटनको राजधानी पोखरामा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (विएमटिम) विषय पढाइ भएकाले बजारलाई चाहिने जनशक्ति उत्पादन र प्राविधिक शिक्षामा क्याम्पस प्रतिवद्ध रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ