arrow

नबिल बैङ्कको नबिल एसएसई फेलोसिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
nabil-see-felloship.jpg

काठमाडौँ। नबिल बैङ्कले 'नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप' फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ। तेस्रो ब्याचको सफलतापछि बैङ्कले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो। सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्ने बैङ्कले जनाएको छ।

बैङ्कले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरूका लागि निःशुल्क तालिमको लागि आवेदन खुला गरेको हो। इच्छुक व्यक्तिहरूले nabilbank.com मा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैङ्कले जनाएको छ। यो कार्यक्रम बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ।

यो कार्यक्रम नबिल बैङ्क र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ। आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन्। तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृति अनुसार विज्ञहरूको  सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन्। यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैङ्कले विश्वास लिएको छ।

हालसम्म, नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन्।

यस कार्यक्रमका सहभागी फेलोहरूले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरूको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैङ्कले जनाएको छ। साथै उद्यमीहरूको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरूबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्त्व अझै थप बढेको महसुस बैङ्कले गरेको छ।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्कहरूमध्ये एक हो  बैङ्कले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। नबिल बैङ्कले ४० वर्ष देखि नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ। बैङ्कले नेपालको बैङ्किङ विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ