arrow

टीआरसी विधेयक पारित गर्न शीर्ष नेताहरू संसदमा [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ । बेपत्ता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आजै पारित गर्नका लागि आज शीर्ष नेताहरु संसदमा भेला भएका छन् । 

उनीहरुले सम्बोधन गरेपछि यो विधेयक पारित गरिन लागेको हो । शान्ति प्रक्रिया शुरु भएको १८ वर्षपछि यो विधेयक संसोधनसहित पारित हुन लागेको हो । 

यो विधेयक पारित भएसँगै शान्ति प्रक्रिया नयाँ उचाइमा पुग्ने विश्वास राजनीतिक दलहरुले लिएका छन् ।  
 
यसअघि गत साउन २३ गते सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो । 

गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत साउन १७ गते सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो ।

कार्यदलले २३ गते प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । 

जसअनुसार सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको हो । 

साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानूनसँग नबाझिने गरी सहमति गरिएको छ ।

 

सत्य निरूपण तथा मेलमिलाप आयोगमा ६३ हजार उजुरी परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ