- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्ताव गरेको उक्त विधेयकमाथिको छलफललाई सर्वसम्मतिले पारित गरेको हो ।
सोसँगै यसमाथि छलफल शुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १० दिनभित्रै संसदबाट यो विधेयक पारितसमेत भइसक्ने दावी गरेका थिए ।
यो विधेयक प्रतिनिधि सभाबाट पारित गर्नका लागि शीर्ष नेताहरु संसदमा उपस्थित रहेका छन् ।
यसमा बोल्ने क्रम पनि चलिरहेको छ ।