arrow

टीआरसी विधेयक दुई घण्टामात्र छलफल गरेर पारित नगर्न केसी र सुवालको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
chitrabahadur-kc-prem-suwal.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टीआरसीको छलफल दुई घण्टामात्र गरेर पारित नगर्न माग गरेका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा पेश भएको टीआरसी विधेयक बुधबारै पारित गर्ने योजना तीन दल मिलेर बनाएपछि दुवै दलका सांसदहरुले सबै सांसदलाई यस विधेयकबारे बोल्न दिएरमात्र पारित गर्नु पर्ने बताए । 

उनीहरुले शान्ति प्रक्रियामा भएका चरण, अहिलेसम्म भएका प्रक्रिया, ढिलाइ, यसमा भएको खर्च, माओवादी क्यान्टोनमेन्टमा भएको भनिएको घोटाला लगायतका हिसाबकिताब छर्लङ्ग हुनु पर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ