arrow

टीआरसी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
parliament-81-4-30oeiu.jpg

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ । 

संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । बुधबार नै पेश भएको विधेयक चार घण्टा दलका नेताहरुले विचार राखेसँग पारित भएको हो । विधेयकको क्रमसंख्या १ देखि १७ सम्म भएको संशोधन विधेयकको अंगसमेत बनेको छ । 

त्यस्तै विधेयकको क्रमसंख्या २ देखि २२ सम्म भएको संशोधन पनि विधेयकको अंगसमेत बनेको छ । विधेयकमाथि छलफल भएपछि सभामुख देवराज घिमिरेले पारित भएको घोषणा गरेका हुन् ।

यो विधेयक द्वन्द्व पीडित मैत्री रहेको कानून मन्त्री अजयकुमार चौरसियाले बताएका छन् । उनले सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सर्वोच्च अदालतको आदेश पालना गर्दै विधेयक तयार गरिएको बताए । 

बहुमतको आधारमा उक्त विधेयक पारित भएको हो । नेमकिपाका सांसद प्रेम सुवालले यसको विपक्षमा रहेको जाहेर गरे । 

यसअघि बोल्ने क्रममा उनले तीन दल मिलेर बनाएपछि दुवै दलका सांसदहरुले सबै सांसदलाई यस विधेयकबारे बोल्न दिएरमात्र पारित गर्नु पर्ने बताएका थिए । 

उनले शान्ति प्रक्रियामा भएका चरण, अहिलेसम्म भएका प्रक्रिया, ढिलाइ, यसमा भएको खर्च, माओवादी क्यान्टोनमेन्टमा भएको भनिएको घोटाला लगायतका हिसाबकिताब छर्लङ्ग हुनु पर्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ