arrow

सर्वोच्चले वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्टलाई दियो आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
waiwai-cg-81-5-1.jpg

काठमाडौँ । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । गत शुक्रबार न्यायधीशकुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । 

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । 

उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । 

उक्त आदेश विरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क  प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो । 

सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको 
हो ।

यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातीप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको छ । 

चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । 

यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । 

उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो । 

यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । 

यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा बिक्रीवितरण गरिएमा अदालतको मानहानि गरेको मानिने छ । किनभने आदेशले यस्तो कार्य नगर्न भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ