arrow

नयाँ महिनामा ओरालो यात्रामा नेप्से, २८ अर्ब ८४ करोडको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
nepse-stock-share-down-bear.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ महिना भदौको पहिलो कारोबारको दिन आइतबार नेप्से ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७  हजार ३७६ बराबरको कारोबार भएको छ ।

सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २।२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १।५० अंकले  घटेको छ । आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७  स्टकको मूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ । 
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ