arrow

राजनीतिक सचेतनाले मात्र शिक्षाको विकास : महासचिव पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
shankar-pokharel-always--.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको आर्थिक अवस्थामाथि उकास्नका लागि अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३औँ राष्ट्रिय परिषद् बैठकलाई आइतबार सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक तथा मौलिक संस्कृतिमाथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थालगायत कारणले देश कमजोर अवस्थामा रहेकाले त्यसबाट मुक्त गराउनु अहिलेको मुख्य कार्यभार भएको धारणा राखे । 

महासचिव पोखरेलले सार्वजनिक शिक्षामा देखिएको चुनौती समाधानको आवश्यकता औँल्याउँदै त्यसको समाधान शिक्षक सङ्गठनले मात्र गर्न सक्ने जिकिर गरे । 

राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने उनको भनाइ थियो । “हिजो नेपालको राजनीतिक जागरणमा जसरी नेपालका शिक्षकले भूमिका खेलेका थिए, आज समाज बन्दै गरेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव छ”, महासचिव पोखरेलले भने । 

उनले समाजको सचेत वर्ग सार्वजनिक शिक्षाबाट बाहिरिएका कारण नेपालको सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कँदै गएको बताए । 

“घरमा राम्रो पढ्ने वातावरण र अवस्था नभएका धेरै विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । उनीहरूको पढाइको स्तर सुधार गर्न निक्कै कठिन भए पनि सुधार नगरी नहुने अवस्था छ । यसमा सबैले सकारात्मक पहलकदमी लिनुपर्ने आवश्यकता छ । शिक्षक सङ्गठनहरूले यसतर्फ विशेष ध्यान दिनुपर्छ”, उनले भने ।  

महासचिव पोखरेलले देशमा देखिएका समस्या समाधान र राजनीतिक स्थायित्वका लागि एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको दोहोर्‍याए । 

राजनीतिक परिवर्तनको समयमा धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भन्दै उनले देश बनाउन भने बलिया राजनीतिक दल आवश्यक रहेकामा जोड दिए । देश विकासका लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने महासचिव पोखरेलको भनाइ छ । 

नेपालमा बलियो राजनीतिक शक्ति नबन्दासम्म विकास हुन नसक्ने जिकिर गर्दै उनले देश र समुदायको हितका लागि बलिया सङ्गठन आवश्यक पर्ने हुँदा यही सोँचका साथ नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । 

यही कुरालाई ध्यानमा राखेर हाल देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका नेता पोखरेलले स्पष्ट पारे । 

उनले भने, “देश विशिष्ट अवस्थामा रहेको हुँदा लोकतन्त्र र स्थायित्वका आधार निर्माणका गर्न एमाले-कांग्रेस एकठाउँमा उभिएका छौँ, त्यो आधार निर्माण हुने बित्तिकै दुई ठूला राजनीतिक दल स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा उत्रिन्छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ