arrow

झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
khotang-district.png

खोटाङ । झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खाका चार वर्षीय दीपशनको मृत्यु भएको छ ।

तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल प्रमुख डा रुपेश सङ्ग्रौलाले बालकलाई ढिला गरी उपचार गर्न ल्याएकाले मृत्यु भएको बताए ।

बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो ।

भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए ।

बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले समयमै उपचार गराउन नसक्दा बालकको मृत्यु भएको र दाहसंस्कार लागि शव घर लैजान पनि चन्दा सङ्कलन गरिएको पत्रकार हरिबोल आचार्यले बताए ।

स्थानीयस्तरमा बनीबुतो गरेर परिवार धान्दै आएका युवराज र अनु दम्पत्तीका दुई छोरी र एक छोरा थिए ।

दुई छोरीमध्ये कान्छी अरुणा र आमासमेत झाडापखालाकै बिरामी रहेका आचार्यले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ