arrow

छुटे ज्योतिष पुष्कर खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
puskar-khatiwada-jyotish-dharmaguru.jpg

काठमाडौँ । ज्योतिष पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । 

नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

उनले यो वर्षभित्र कुनै नेताको अप्रिय मृत्यु हुनेसमेत बताएका छन् । उनले हवाई दुर्घटना पनि निकै बढ्ने दाबी गरेका छन् । उनी धर्मगुरुको नाममा चिनिँदै नेपाल हिन्दू राज्य हुनेसमेत बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ