arrow
ADVERTISEMENT

स्वास्थ्य मन्त्रालयको चेतावनीः नेपाल पनि मंकिपक्सको जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३ सोमबार
monkeypox-test.jpg

काठमाडौँ । सरकारले नेपाल पनि मंकिपक्सको जोखिममा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञपित जारी गर्दै गएको वर्ष नेपालमा एक ६० वर्षीया विदेशी महिलामा मंकिपक्स देखिएको भन्दै नेपालमा पनि यसको जोखिम रहेको बताएको हो ।

मन्त्रालयले पूर्व तयारी स्वरूप स्वास्थ्य विज्ञहरुको सुझाव लिइरहेको, १११५ नम्बरको कल सेन्टर संचालन गरिरहेको तथा हवाई तथा जमीनका नाकाहरुमा रहेका हेल्थ डेस्कहरु संचालनबारे तीनै तहका निकायलाई सतर्क गराएको बताएको छ ।

विश्व स्वास्थ्य सागठनले गत साता मंकिपक्स अर्थात् एमपक्सलाई विश्वव्यापी संकटको घोषणा गरेको थियो । यो संक्रमणबाट अहिलेसम्म कंगोमा मात्र ५४८ जनाको मृत्यु भैसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ