arrow

कांग्रेसले सामाजिक उत्प्रेरकको रुपमा काम गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
pokhara-congres-kaski.jpg
फाइल तस्बिर

पोखरा । नेपाली कांग्रेस कास्कीले प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका लागि सामाजिक उद्यमशीलता विकास कार्यक्रम अगाडि बढाउने र यसका लागि सामाजिक उत्प्रेरकको रुपमा काम गर्ने भएको छ ।

कांग्रेसलाई समुदायसँग जोड्न तथा बीपी कोइरालाले परिकल्पना गरेका प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिमा सबै लाग्नुपर्नेमा पार्टी सभापति किशोरदत्त बरालले जोड दिंदै आएका थिए ।

पार्टीको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पार्टी सभापति बरालको सभापतित्वमा बसेको थियो ।

बैठकमा सभापति बरालले सामाजिक उद्यमशीलता विकास कार्यक्रममा संलग्न हुन सामाजिक उत्प्रेरकको रुपमा पार्टीका विभिन्न तह र आम जनसमुदायलाई आह्वान गर्ने स्पष्ट पारे ।

प्रजातान्त्रिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति पार्टीका प्रत्येक सदस्यलाई उद्यमशीलतासँग जोड्न सकिए भ्रष्टाचार अन्त्य र समाजको आर्थिक रुपान्तरण गर्न सकिने सभापति बरालको विश्वास छ ।

यसैगरी समसामयिक विषयमा पार्टीलाई राय, सल्लाह र सुझाव दिनका लागि समाजका विभिन्न क्षेत्रमा विशेषज्ञता प्राप्त गरेका व्यक्तिको विशेषज्ञ वृत्त (एक्पर्ट सर्कल) पनि निर्माण गर्ने बैठकले निर्णय गरेको पार्टी सचिव भानु ढकालले जानकारी दिए ।

महानगरपालिका र गाउँपालिकाका प्रत्येक वडामा तथा जिल्ला प्रशासन, मालपोत, जिल्ला प्रहरी, शिक्षालगायत सरकारी कार्यालयमा सुशासन स्थापनामा सहयोग गर्ने प्रयोजनका लागि पार्टीका तर्फबाट प्रतिनिधि खटाउनेसमेत बैठकले निर्णय गरेको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।

साथै जिल्ला पार्टी कार्यालयको प्रांगणमा नयाँ कार्यालय भवन बनाउन पार्टीका विभिन्न तह र शुभचिन्तकसँग आवश्यक छलफल र परामर्शलाई गर्ने भएको छ ।

बीपी जयन्तीको अवसरमा भदौ २४ गते जिल्लाका ७२ वटै वडामा एकसाथ क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ