arrow

केपी ओलीमाथि आरोपः शिक्षामा राजनीति हुनुपर्छ भन्ने सेनापति को ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
sumana-shrestha-81-5-6t.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षामा राजनीति गरेको आरोप लगाएकी छन् ।

विहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले प्रधानमन्त्री ओलीले शिक्षामा राजनीति हुनुपर्ने वकालत गर्दै हिँडेको आरोप लगाएकी हुन् ।

उनले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिको रुपमा सबै ठाउँमा बोल्दै हिँड्ने सबै ठाउँमा दलगत हुनुपर्छ र राजनीति चाहिन्छ, शिक्षक र प्राध्यापकहरुले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहीँ के छ रु बताईदिनुपर्यो । यो प्रश्नमा मैले सरकारको, कुलपति र प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकार्षण गराएँ ।’

श्रेष्ठले त्रिविमा अहिले देखिएको विवादको विषयमा कटाक्ष गर्दै अहिले बुद्धिभन्दा बल ठूलो र बलभन्दा दल ठूलोजस्तो देखिएको टिप्पणी गरेकी छन् । साथै उनले अहिले विश्वविद्यालयमा देखिएको दृश्य दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा भएको बताएकी छिन् ।

उनले रास्वपाले स्वास्थ्य, शिक्षा र प्रशासन राजनीतिमुक्त हुनुपर्नेमा स्पष्ट रहेको बताएकी छिन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ