arrow

बस र ट्रक ठोक्किँदा १८ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
tanahun-accident.jpg

पोखरा । तनहुँमा आज साँझ सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

आँबुखैरेनीबाट मुग्लिन जाँदै गरेको ग१ख ८९७४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना८ख १३८९ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित डम्पिङमा एकापसमा ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । घाइतेको नामावली संकलन कार्य भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ