arrow

टिकटक खोल्न दिने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
cabinet-81-5-6.jpg

काठमाडौँ । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार  मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।

टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कत्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ