arrow

महालक्ष्मीको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र ७ गते शुक्रबार, इस्वीसंवत अगस्त २३ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको चतुर्थी तिथि दिनमा ३ः१२ बजेसम्म त्यसपछि पञ्चमी तिथि लाग्नेछ । नक्षत्रमा रेवति राति १ः२३ बजेसम्म त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल २४ घटि २७ पलासम्म त्यसपछि गण्ड योग रहनेछ । करणमा कौलव रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३२ घटि १३ पला अर्थात १२ घण्टा ५५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः३९ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ९ः०० बजे र अस्ताउने समय भोलि बिहानमा ९ः१५ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराब छ । दैनिक काममा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ।

वृष : आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिने प्रशस्तै भेटिनेछन् ।

मिथुन : आज विवादित विषयबाट निचोड तपाइँकै पक्षमा आउनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा शत्रुता राख्न चाहने आफै कमजोर हुनेछन् ।

कर्कट : आज समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधा प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धी हाबी हुनेछन् ।

सिंह : आज समय शुभ छैन । आफन्त तथा अग्रजसँग विवाद सृजन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

कन्या : आज समय राम्रै रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।

तुला : आज समय र स्वास्थ्य राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।

वृश्चिक : समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ ।

धनु : आज समय खराब छ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेसागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मकर : आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ ।

कुम्भ : आज समय भरोषाको छैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीन : आज समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१५ बजेसम्म चर बेला
बिहान ७ः१५ बजेदेखि ८ः५२ बजेसम्म लाभ बेला
बिहान ८ः५२ बजेदेखि १०ः२९ बजेसम्म अमृत बेला
बिहान १०ः२९ बजेदेखि १२ः०६ बजेसम्म काल बेला
मध्यान्ह १२ः०६ बजेदेखि १ः४३ बजेसम्म शुभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः१९ बजेसम्म रोग बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५६ बजेसम्म उद्धेग बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३३ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३३ बजेदेखि ७ः५६ बजेसम्म लाभ बेला
राति ७ः५६ बजेदेखि ९ः२० बजेसम्म अमृत बेला
राति ९ः२० बजेदेखि १०ः४३ बजेसम्म काल बेला
राति १०ः४३ बजेदेखि १२ः०६ बजेसम्म शुभ बेला
राति १२ः०६ बजेदेखि १ः३९ बजेसम्म रोग बेला
राति १ः२९ बजेदेखि २ः५१ बजेसम्म उद्धेग बेला
रातिमा २ः५१ बजेदेखि ४ः१५ बजेसम्म चर बेला
रातिमा ४ः१५ बजेदेखि ५ः३९ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।



नयाँ