arrow

स्कुल बस दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ७ शुक्रबार
new-model-school-bus.jpg

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित न्यू मोडल सेकेन्डरी स्कुलको ग१क ४६६१ नम्बरको बस घारीपाटन चोकमा दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा बस चालकक स्याङ्जा भिरकोट नगरपालिका वडा नं २ बयरघारीका ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएका छन् ।

उनलाई उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बस अनियन्त्रित भएर बस दुर्घटना हुँदा पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुगेको बताइएको छ । बस सडक छोडेर तल्लो बाटोमा रहेको ट्याक्सीमाथि चढेको छ ।

विद्यार्थीलाई घर छोड्न जानेक्रममा बस दुर्घटनामा परेको हो । बसमा २० जना विद्यार्थी रहेकामा सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ