arrow

मर्स्याङ्दी बस दुर्घटना : आमाबाबुको मृत्यु, छोरा अझै बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
indian-bus-accident-81-5-7.jpg

पोखरा । नदीमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एक जनाको खोजी कार्य जारी छ । बेपत्ता हुनेमा २२ वर्षीय गोकर्णी सन्दीप सरोदे रहेका छन् ।

सरोदेका बुबाआमाको पनि सोही दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । बुबाआमाको शव शनिबार नयाँदिल्ली पुगिसकेको छ ।

छोरा सरोदेको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए ।
दुर्घटनाका घाइतेले दिएको विवरणका आधारमा सरोदे फेला परेका छैनन् ।

उनको शनिबार दिनभर बस खसेको ठाउँ आसपास खोजी गरिए पनि फेला पार्न नसकिएको डीएसपी रायले जानकारी दिए ।

पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

बस दुर्घटनाका मृतक २७ जनाको शव शनिबार भारतीय सेनाको जहाजले लागेको छ भने घाइतेको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ