arrow

डब्ल्यूएचओद्वारा मंकिपक्स नियन्त्रण योजनाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
who-president-tedros.jpg

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक 'क्लेड१बी' भेरियन्ट नियन्त्रणका लागि आगामी छ महिनामा कम्तिमा १३ करोड ५० लाख अमेरिकी डलर लागतको प्रकोप नियन्त्रण योजना घोषणा गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले डब्ल्यूएचओका सदस्य राष्ट्रहरूलाई सम्बोधन गर्दै भने “एमपोक्सको नियन्त्रण सम्भव छ भन्ने कुरा स्पष्ट छ, तर यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।"

यो छ महिना अवधिको प्रकोप नियन्त्रण योजनाका लागि १३ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने उनले बताए । 

मंकिपक्सको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै गत हप्ता डब्ल्यूएचओले यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ