arrow

व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ९ आइतबार
khagraj-adhikari-gandaki.jpg
फाइल तस्बिर

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीको १२औँ अधिवेशन उद्घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा भने गर्न नहुने स्पष्ट पारे । ‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिस्पर्धा गर्नुहुँदैन’, उनले भने ।

स्वदेशी उत्पादनको उपयोगमा जोड दिँदै उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावलीमार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयलाई राम्रोसँग तपाइँहरूले प्रष्ट पार्नुहोस्’, उनले आग्रह गरे ।

धरासायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात् सुधारका केही सङ्केत देखिन थालेको उनको दावी थियो ।

फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ