arrow

एनआईसी एसिया बैङ्कलाई ‘वेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’ प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
nic-aisa-best-digital-banking-award-2024.jpg

काठमाडौँ। एनआईसी एसिया बैङ्कले दोस्रो आइसिसी इमर्जिङ एसिया बैङ्किङ अवार्ड अन्तर्गत ‘वेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’ प्राप्त गरेको छ। ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिलाई अघि सार्दै सम्पूर्ण बैङ्किङ सेवाहरूलाई डिजिटल माध्यममा रूपान्तरण गरिरहेको यस बैङ्कलाई यो पुरस्कारले डिजिटल बैङ्किङ क्षेत्रमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ।

यो अवार्ड २०२४ अगस्ट २३ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘बैङ्किङ कनक्लेभ २०२४’ कार्यक्रममा इन्डियन चेम्बर अफ कमर्सले प्रदान गरेको थियो। यस अवार्डका लागि विमस्टेक अन्तर्गतका नेपालसहित भारत, श्रीलङ्का, भुटान, म्यानमारलगायतका देशका बैङ्कहरूले प्रतिस्पर्धा गरेका थिए। विभिन्न आठ विधामा भएको यो प्रतिस्पर्धामा नेपालबाट एन आई सी एसिया बैङ्कले ‘वेस्ट इन डिजिटल बैङ्किङ अवार्ड’ विधामा अवार्ड जित्न सफल भएको हो।

उक्त अवार्डका लागि इन्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले १७ वटा सूचकाङ्कहरू निर्धारण गरी उत्कृष्ट बैङ्कको छनोट गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ