arrow

बस दुर्घटनामा चालकसहित चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १० सोमबार
bus-accident-myagdi.jpg

म्याग्दी । म्याग्दीको बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस आज साँझ दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

घाइते हुनेमा रघुगंगा गाउँपालिका वडा नं. १ तिप्ल्याङका बस चालक ३० वर्षीय रमेश खड्का, सोही वडा बेगखोलाका सहचालक २८ वर्षीय धनकुमार बुढा, तिप्ल्याङकै २८ वर्षीय रोशन पुर्जा र रघुगंगा गाउँपालिका-३ पिप्लेका २९ वर्षीय भूमीराज रानामगर छन् । घाइतेमध्ये रोशन पुर्जाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत बेनी नगरपालिका-६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५ः३० बजे ना५ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ