arrow

श्रीगणेशको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
rashifal-horoscope-green.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र ११ गते मंगलबार, इस्वीसंवत अगस्त २७ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको अष्टमी तिथि बिहानमा ६ः४० बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा रोहिणी राति ८ः२५ बजेसम्म त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा हर्षण ५० घटि ३३ पलासम्म त्यसपछि वरियान योग रहनेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा मातंग रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५८ पला अर्थात १२ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४१ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः५६ बजे र अस्ताउने समय भोलि दिनमा १ः४१ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ । टाढाको यात्रा गर्ने काम पनि नगर्नु नै राम्रो हुनेछ । धार्मिक, शैक्षिक क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ कसैले दिएको खाने कुरा पनि नखानुहोला ।

वृष : आज आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जीत हुनेछ । समग्रमा समय राम्रा छने, भरपूर उपयाृग गर्नुहोला । पूर्व दिशाको यात्रा पनि फलदायी हुनेछ ।

मिथुन : आज समय खराब रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासि स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबढी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । हरेक कार्यमा सतर्क हुनुपर्ने देखिन्छ ।

कर्कट : आज समय राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ । मानसिक शान्ति, आरामको अनुभव हुनेछ । विद्यार्थीवर्गलाई भने आज मध्यम रहेको छ । धार्मिक पुस्तक व्यवसाय क्षेत्रमा संलग्न हुनुहुन्छ आज सफल रहेको छ ।

सिंह : आज आम्दानीमा कुनै कमि हुनेवाला छैन । स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ । घरमा नयाँ मित्र भेट, नयाँ कार्यको थालनी हुनेछ भने आज उत्तर दिशाको यात्रामा कुनै पनि काम नबन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

कन्या : आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ । आज ठूलो लगानी गर्नु उपयुक्त छैन । त्यसकारण तत्काल पेसा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । टाढाको यात्रामा निस्कनु पनि उपयक्त छैन ।

तुला : आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । उठ्नुपर्ने पैसा नउठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ । आज सकभर उत्तर यात्रा नगर्नु नै राम्रो, यदि गर्नैपर्ने भएमा धार्मिक उपाय अपनाएर मात्र गर्नुहोला । पानीबाट विशेष सतर्क हुनुहोला ।

वृश्चिक : आज आफन्त इष्टमित्र, दाजुभाइमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, वैदेशिक रोजगार, नयाँ पेशाको थालनीका लागि पनि आज त्यति राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

धनु : आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर बढ्नुका साथै समयले राम्रो साथ दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । धार्मिक कार्य गर्नु भएका आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ ।

मकर : आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय एवं विदेश विभाग सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ । आदर-सत्कार पाइनेछ । घरमा पारिवारिक सहयोग राम्रैसँग पाइनेछ । नयाँ वस्तु किन्ने अवसर पनि मिल्ने देखिन्छ ।

कुम्भ : आज समय खराब नै रहनेछ । उत्तर दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, कुनै अप्रिय समाचार सुन्नुपर्ने समय पनि चल्दै रहेकाले सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

मीन : आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, त्यसैले आफन्त कहाँ सकभर नजानुहोला । आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला ।
 

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१५ बजेसम्म रोग बेला
बिहान ७ः१५ बजेदेखि ८ः५२ बजेसम्म उद्धेग बेला
बिहान ८ः५२ बजेदेखि १०ः२९ बजेसम्म चर बेला
बिहान १०ः२९ बजेदेखि १२ः०६ बजेसम्म लाभ बेला
मध्यान्ह १२ः०६ बजेदेखि १ः४३ बजेसम्म अमृत बेला
दिनमा १ः४३ बजेदेखि ३ः१९ बजेसम्म काल बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५६ बजेसम्म शुभ बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३३ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३३ बजेदेखि ७ः५६ बजेसम्म उद्धेग बेला
साँझ ७ः५६ बजेदेखि ९ः२० बजेसम्म चर बेला
राति ९ः२० बजेदेखि १०ः४३ बजेसम्म लाभ बेला
राति १०ः४३ बजेदेखि १२ः०६ बजेसम्म अमृत बेला
राति १२ः०६ बजेदेखि १ः३९ बजेसम्म काल बेला
राति १ः३९ बजेदेखि २ः५१ बजेसम्म शुभ बेला
रातिमा २ः५१ बजेदेखि ४ः१५ बजेसम्म रोग बेला
रातिमा ४ः१५ बजेदेखि ५ः३९ बजेसम्म उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ