arrow
ADVERTISEMENT

‘ब्लू लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
middle-east-map.jpg

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरेल सीमाको ‘ब्लू लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताएका छन् । 

लेबनान र इजरेलले ‘ब्लु लाइन’ पार गरी गरेको गोलीबारीमा उल्लेखनीय वृद्धि भएकोमा महासचिव चिन्तित रहेको राष्ट्रसङ्घका प्रमुखका प्रवक्ता स्टेफन दुजारिकले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 

राष्ट्रसङ्घीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गरेको छ ।
 
आइतबार, इजरेली संस्थाले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तिमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् । 

इजरेली सैन्य इकाईले अक्टोबर ७ देखि गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढाउँदा निहत्था नागरिकको हताहत हुनुका साथै सयौँ परिवारलाई घर छोड्न बाध्य पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ