arrow

मन्त्रीहरूलाई काम गर्न दबाब दिन अर्थमन्त्रीको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
bishnu-poudel-05-11.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरूलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरूलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरूलाई आग्रह गरे । 

उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरूलाई राज्यले साथ र संरक्षण गर्ने बताए । उनले अहिलेको संसद्बाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताए ।

उनले भने, ‘मन्त्रीलाई एउटा अप्ठ्यारो हुँदो रहेछ । काम गर्ने की भाषण गर्ने ? म यहाँहरूसँग के राख्न चाहन्छु भने मन्त्रीज्युहरुलाई भाषण होइन काम गर भनेर यहाँहरू सबैले प्रेरित गर्नुपर्छ भन्ने मलाई लाग्छ । तर कस्तो हुन्छ भने निजी क्षेत्रका सङ्गठनहरू छन्, यहाँहरू महत्वकासाथ बोलाउनु हुन्छ, नआऊँ, यथोचित मर्यादा, आदर भएन भन्ने लाग्छ, आउँ समय भाषण सुन्न र गर्नमै व्यतित हुन्छ । त्यसैले विशेष गरी छाता सङ्गठनका साथीहरू हुनुहुन्छ, अर्थमन्त्रीले सुन्नुपर्ने, बुझ्नुपर्ने, गर्नुपर्ने कामका लागि सुझाव दिन अरू कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरू समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ