arrow

नेप्सेमा ठूलै पहिरो, ११२ अंकको गिरावट, १८ अर्ब ६५ करोडको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ११ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्सेमा मंगलबार ठूलै पहिरो गएको छ । एकैदिन नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ ।

मंगलबार ३३० कम्पनीको कूल ४ करोड ३८ लाख ६८  हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्री भएको छ भने अपीको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता शेयर कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ