arrow

छ वटा सवारी एकै ठाउँमा दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
accident-tanahun-2081-5-12.jpg

पोखरा । तनहुँमा छ वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेको छ । यी सवारी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ ।

सो दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आज दिउँसो करिब ३ बजे बन्दीपुर गाउँपालिका १ रिमाल्नीस्थित पृथ्वीराजमार्गमा पोखराबाट डुम्रेतर्फ जाँदै ना५ख २०३४ नम्बरको यात्रुबाहक बसको ब्रेक फेल भएर दुर्घटना भएपछि सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ब्रेक फेल भएको बस सुरुमा सोही दिशातर्फ जाँदै गरेको ग३ख १३९० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

ट्रकमा ठोक्किएपछि अनियन्त्रित भएको बसले फेरी सोही दिशामा जाँदै गरेको ग३च ८३९० नम्बरको बोलेरो जीपलाई ठक्कर दियो भने उक्त बलेरो जीप सोही दिशामा रहेको ग१ख ९५६१ नम्बरको बसमा ठोक्किएको थियो ।

बोलेरो जीप ठोक्किएपछि बसले ना१च ८४३४ नम्बरको बलेरो तथा उक्त बलेरोले ना२ख ३७८९ नम्बरको हाइस गाडीलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दर्घटनामा ग३च ८३९० नम्बरको बलेरो चालक २४ वर्षीय नवराज गोले, वलेरोमा सवार ५९ वर्षीय देवीलाल कडेल, ४९ वर्षीया बिमला कंडेल र ना१च ८४३४ नम्बरको बलेरोका सहचालक ४६ वर्षीय निरतारिख बाबु घाइते भएका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ