arrow

शान्तिसुरक्षा र कानूनी राज्यको अनुभूति दिलाउन नागरिकको पनि भूमिकाः मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १२ बुधबार
surendra-panday-cm-gandaki-rss.jpg
फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा शान्तिसुरक्षा कायम गर्न र कानुुनी राज्यको अनुुभूति दिलाउन नागरिकको पनि महत्वपूर्ण भूमिका हुने बताएका छन ।

मुस्ताङस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सरकारसँगै नागरिक समाजसँगको सहकार्यमा शान्तिसुरक्षाका प्रभावकारितासँगै कानुुनी राज्यको अनुुभूति दिलाउन सकिने बताए । 

भवन निर्माणसँगै धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ आउने पर्यटक र स्थानीयको शान्तिसुरक्षामा सेवा गर्न प्रहरीलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।

संविधानअनुसार कानुन नबन्दा प्रहरी समायोजन हुन नसकेको बताउँदै उनले समायोजन नहुँदा चाहेर पनि प्रदेश सरकारले आवश्यकता र अपेक्षाअनुसार प्रहरीलाई सबै सहयोग गर्न नसकिएको उल्लेख गरे ।

प्रदेशको शान्तिसुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, यन्त्र उपकरण, क्षमता विकासका कार्यक्रममा सीमित साधनस्रोतका बीच प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको उनको भनाइ छ । 

प्रदेश सरकारको रु तीन करोड ६० लाख लगानीमा निर्माण भएको भवन छ रोपनी चार आना क्षेत्रफलमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ