arrow

श्रीविष्णुको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र १३ गते बिहीबार, इस्वीसंवत अगस्त २९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको एकादशी तिथि रातिमा ३ः३८ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा आद्रा राति ७ः५७ बजेसम्म त्यसपछि पुनवर्सु नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ४१ घटि ४३ पलासम्म त्यसपछि व्यतिपात योग रहनेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा काण रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५१ पला अर्थात १२ घण्टा ४५ मिनेटको रहनेछ ।

आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४२ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः५३ बजे र अस्ताउने समय भोलि दिनमा ३ः२६ बजे रहेको छ । आज अजा एकादशी र विश्व आणविक परीक्षण विरुद्धको दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय शुभ छ । थोरै समय र सानो लगानी गरी सुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाईमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।

वृष : आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण काम सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगीसँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटा साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुन : आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

कर्कट : आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुनाले आफ्ना योजना अधुरै नै रहने छन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा काम थाती रहनेछन् । गोप्य सूचना बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिंह : आज पनि समय शुभ छ । विभिन्न अवसरको सही तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरी आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या : आज पनि समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिस हावी हुने तथा शत्रु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आइलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाइँ आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ ।

तुला : आज पनि समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेका लागि समय फलदायी रहनेछ ।

वृश्चिक : आज पनि समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुन सक्छ । नीति नियम तथा कानूनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेको छ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।

धनु : आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नको हल हुनेछ । आम्दानीका नयाँनयाँ बाटा फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

मकर : आज राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर काम गर्नेका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपार्इँको कामबाट सबै जना खुशी हुनेछन् भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएका काम पुनः सुचारु हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेको छ ।

कुम्भ : आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाइनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईँको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।

मीन : आज पनि समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नातासमेत लागि पर्नेछन्, आज खर्च साँेचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१५ बजेसम्म शुभ बेला
बिहान ७ः१५ बजेदेखि ८ः५२ बजेसम्म रोग बेला
बिहान ८ः५२ बजेदेखि १०ः२९ बजेसम्म उद्धेग बेला
बिहान १०ः२९ बजेदेखि १२ः०६ बजेसम्म चर बेला
मध्यान्ह १२ः०६ बजेदेखि १ः४३ बजेसम्म लाभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः१९ बजेसम्म अमृत बेला
दिनमा ३ः१९ बजेदेखि ४ः५६ बजेसम्म काल बेला
दिनमा ४ः५६ बजेदेखि ६ः३३ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३३ बजेदेखि ७ः५६ बजेसम्म रोग बेला
साँझ ७ः५६ बजेदेखि ९ः२० बजेसम्म उद्धेग बेला
राति ९ः२० बजेदेखि १०ः४३ बजेसम्म चर बेला
राति १०ः४३ बजेदेखि १२ः०६ बजेसम्म लाभ बेला
राति १२ः०६ बजेदेखि १ः३९ बजेसम्म अमृत बेला
राति १ः३९ बजेदेखि २ः५१ बजेसम्म काल बेला
रातिमा २ः५१ बजेदेखि ४ः१५ बजेसम्म शुभ बेला
रातिमा ४ः१५ बजेदेखि ५ः३९ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ