arrow

साउदीले ‘इन्टरनेट गभर्नेन्स फोरम’को आयोजना गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
saudi-arabia-2024.jpg

काठमाडौँ । इन्टरनेट सुशासनमा सुधार गर्ने उद्देश्यका साथ साउदी अरेबियाले डिसेम्बर १५ देखि १९ सम्म रियादमा संयुक्त राष्ट्रसङ्घीय इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ) को १९औँ संस्करण आयोजना गर्ने भएको छ ।

‘बिल्डिङ आवर मल्टिस्टेकहोल्डर डिजिटल फ्युचर’ विषयक पाँचदिने कार्यक्रममा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय वक्तासहित १६० देशका १० हजारभन्दा बढी सहभागी भेला हुनेछन् ।

आइजिएफको आधिकारिक वेबसाइटअनुसार सन् २००६ देखि आयोजित यस फोरमले डिजिटल अवसरलाई अधिकतम बनाउने र डिजिटल जोखिम र चुनौतीहरूको समाधान गर्ने साझा बुभाइलाई सुविधाजनक बनाउन समर्पित छ ।

यस वर्षको फोरमले नवप्रवर्तन र जोखिम सन्तुलनका साथै डिजिटल युगमा मानव अधिकार र समावेशीकरणलाई अगाडि बढाउने, शान्ति, विकास र दिगोपनमा डिजिटल योगदान बढाउने र इन्टरनेटका लागि डिजिटल शासन सुधार गर्ने विषयमा केन्द्रित रहने वेबसाइटमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ