arrow

टीआरसी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
ramchandra-poudel-pre-alway.jpg

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

बिहीबार राष्ट्रपतिले टीआरसी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि बुधबार सभामुख देवराज घिमिरेले सो विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएका थिए । अब राजपत्रमा प्रकाशित भएपछि यो विधेयक ऐनको रुपमा लागू हुने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ