arrow

जलवायु परिवर्तनले चक्रवात वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
niwar-cyclone.jpg

काठमाडौँ । जलवायु परिवर्तनले चक्रवात गेमीको हावा र वर्षालाई थप शक्तिशाली बनाएकाले यस वर्षको सुरुमा फिलिपिन्स, ताइवानलगायत मुख्यभूमि चीनमा दर्जनौं मानिसहरूको ज्यान लिएको मौसमविद्हरूले बिहीबार जनाएका छन् । 

गेमीले गत जुलाईमा फिलिपिन्समा बाढी र पहिरो निम्त्याउँदा कम्तिमा ४० जनाको ज्यान लिई ताइवान र चीनमा अवतरण भएको थियो । 

चीनमा, मौसम प्रणालीका कारण भएको भारी वर्षाले ५० जनाको ज्यान लिनुका साथै तीन लाखलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन् । 

मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको मूल्याङ्कन गर्न सहकर्मी-समीक्षा विधि को नेतृत्व गर्ने वल्र्ड वेदर एट्रिब्युसन (डब्ल्युडब्लुए) ले चक्रवातबाट बढी प्रभावित फिलिपिन्स, ताइवान र चीनको अनुगमन गरेको छ ।

डब्ल्युडब्लुएले मानव निर्मित जलवायु परिवर्तनका कारणले हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निश्कर्ष निकालेको थियो । 

‘इम्पेरियल कलेज लन्डन’को ‘ग्रान्थम इन्स्टिच्युट-क्लाइमेट चेन्ज एन्ड द इन्भाइरनमेन्ट’का निर्देशक राल्फ तौमीललाई उदृत गर्दै अध्ययनले तातो समुद्र र वातावरणले अधिक शक्तिशाली र लामो समयसम्म टिक्ने र घातक चक्रवातलाई जन्म दिइरहेको जनाएको छ ।  

मौसमसम्बन्धी अनुसन्धानकर्ताहरूले इम्पेरियल कलेज लन्डनद्वारा विकसित नयाँ दृष्टिकोणको प्रयोग गरी उष्ण आँधीबेहरीका सम्बनधमा अध्ययन गरिएको थियो ।

यो विधिले उष्णकटिबन्धीय चक्रवातलाई पार गर्न कम्प्युटर मोडलिङ प्रयोग गर्दछ ।

एसिया-प्रशान्त क्षेत्रले लामो समयदेखि चक्रवातसँग जुधिरहेको बेला, वैज्ञानिकहरूले ‘चक्रवातको अन्तर र गेमीले निम्त्याएको प्रभाव’लाई थप व्याख्या गरेका छन् । 

वैज्ञानिकहरूले बाढी व्यवस्थापन र लक्षित चेतावनीका लागि आह्वान गर्दै आँधीको सम्भावित प्रभावको बारेमा थप जानकारी प्रदान गरेका छन् । 

चक्रवात सानसानले जापानमा अवतरण गरेपछि यो अध्ययन रिपोर्ट जारी गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ