arrow

नाडा अटो शोमा टाटाको दरिलो उपस्थिति, ग्राहकको रोजाइमा पञ्च ईभी [तस्बिर]

logo
सुनील कार्कि, 
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
tata-punch-ev-always.jpg

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा चलिरहेको ‘१६ औँ टाटा ईभी नाडा अटो सो २०२४’ समापनतिर लम्किँदैछ । तर जतिजति समापनको घडी आउँदैछ त्यति नै दर्शकको चाप बढिरहेको छ । 

अझ अचम्म त के भने थुप्रै ब्राण्डका ईभीबीच टाटाको पञ्च ईभीले ग्राहकको ध्यान खिच्न सफल भएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पञ्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

 यसको बजार मूल्यका कारण पनि ग्राहकको मन जित्न सफल भएको हो । त्यसैले पनि थुप्रैले टाटा पञ्च ईभीलाई आफ्नो रोजाइमा पारेका छन् । 

यसको शुरूआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । बहुप्रतिक्षित पञ्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको  पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको सिप्रदीले जनाएको छ ।  

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पञ्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । 

यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । 

नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ । पञ्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिइएको छ ।

यसले बजारमा तहल्का मच्याउँछ भन्नेमा टाटा विश्वस्त थियो । टाटा मोटर्स पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजन भन्छन्, ‘नेपाली बजारमा टियागो ईभी र नेक्सन ईभीको  सफलतापछि पञ्च ईभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुशी छौँ । भारतमा अत्यन्तै लोकप्रिय टाटा पञ्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पञ्च ईभीले धेरै भन्दा धेरै नेपाली ग्राहकहरूको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’

नभन्दै नेपालीको मनमा पनि पञ्च ईभी बसेको अनुभव भृकुटीमण्डपको नाडा शोमा गरिएको बुकिङले पनि स्पष्ट गरिहाल्छ । 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ पनि खुशी छन् । उनी भन्छन्, ‘टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पञ्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साही छौँ । लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले पञ्च ईभीसँगै नेपाली बजारमा फेरि यही स्थान कायम गर्नेमा हामी विश्वस्त छौँ । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट यसयुभी – पञ्च ईभीले हाम्रा ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउनु हुनेछ ।’

टाटाको चार्जिङमा पनि आफ्नै पकड रहेको छ । नेपालभर टाटा ईभी गाडीका लागि २६ डीसी फास्ट चार्जिङ्ग स्टेशन, १५०+ एसी फास्ट चार्जिङ्ग, १५०+ एसी स्लो चार्जिङ्ग नेटवर्क रहेको छ । यसैगरी १६ ईभी डेडिकेटेड सेवा सञ्जाल र २२ वटा बिक्री केन्द्र रहेका छन् ।

भृकुटीमण्डमा देखिएको आकर्षण
टाटाको स्टलमा पुगेपछि जोकसैले पनि एकपटक टक्क अडिएर पञ्च गाडी हेर्ने गरेको टाटाका प्रतिनिधिहरू बताउँछन् । एक प्रतिनिधि भन्छन्, ‘भिजिटर आउनु हुन्छ हेर्नुहुन्छ सोधखोज पनि गर्नुहुन्छ । आकर्षक लाग्यो भन्नुहुन्छ ।’

नाडा शोमा भइरहने यही नै हो । पहिले नै मनस्थिति बनाएकाहरूले बुकिङ गर्छन् जसले त्यहीँ पुगेर फिचर रोज्न थाल्छन् उनीहरू फर्केर पुग्ने हुन् । 

त्यसो त विश्वकै ईभी बजारमा चिनियाँ दबदबा देखिन्छ । तर यसअघि जसरी टाटाले राज गरेको थियो अब पनि टाटाकै प्रभाव बढ्ने विश्वास गर्न थालिएको छ । 

त्यसको पनि कारण छ । त्यो के भने चिनियाँ ईभी आउनुअघि टाटाको नेक्सन, टिगोर र त्यसपछि टाटाको टियागोले नेपालीबीच राम्रो पकड जमायो । अब पञ्चले पनि सो लयलाई समातिसकेको टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीका प्रतिनिधिहरू बताउँछन् । टिगोरऽ टियागोको बजार घटेको छैन । 

सिप्रदीले ईभीको पूर्वाधारमा ठूलै रकम खर्च गरिसकेको छ । ब्रान्ड भ्यालु पनि उत्तिकै बढेको अनभूति टाटाको स्टलमा देखिने भीड बोल्छ । 

टाटाले गाडीमात्र हैन इलेक्ट्रिक भेहिकलदेखि यसमा प्रयोग हुने ब्याट्री मर्मतसम्मको पूर्वाधार नेपालमा खडा गरिसकेको छ । अहिले नेपालमा टाटा जस्तो बलियो सर्भिस नेटवर्क अन्य ब्रान्डको छैन । अझ ईभीको इकोसिस्टममा त टाटा अग्रणी भूमिकामा रहेको सिप्रदी बताउँछ । 

नेपालमा आफ्नै ब्याट्री रिपेयर सेन्टर बनाउने टाटा एकमात्र कम्पनी हो । सिप्रदीले बजार व्यवस्थापन पनि उत्तिकै बलियो बनाएको छ । 

ग्राहकलाई दिने आकर्षण पनि गज्जबकै हुने गर्छ । नाडा अटो शोमा टाटाका ईभी गाडी बुकिङ गर्ने ग्राहकले सिप्रदीको नेपालभर रहेका चार्जिङ स्टेसनमा निःशुल्क चार्ज गर्न पाउने छन् । त्यो एक वर्षलाई होइन आठ वर्षसम्म । 

यसले ग्राहकलाई थप आकर्षण बढाइदिएको छ । यसलाई आफूहरूको सही रणनीतिक बजार व्यवस्थापन भन्न रुचाउँछ सिप्रदी । 

एक प्रतिनिधि भन्छन्, ‘ग्राहकले रोजेको चिजलाई अझ सुविधा थपिदिँदा उहाँहरूमा खुशी आउने रैछ । त्यसलाई देख्दा हामीलाई पनि आनन्द आउँछ । हाम्रोमा यो सुविधा छ भनेर गर्वका साथ भन्न पाएका छौँ ।’ 

यसले सिपद्रीले ग्राहकको चाहनालाई कसरी बुझेर सम्बोधनसमेत गर्दोरहेछ भन्ने प्रमाण दिएको छ । 
 

tata-punch-ev-2024 (1).jpg
tata-punch-ev-2024 (2).jpg
tata-punch-ev-2024 (3).jpg
tata-punch-ev-2024 (4).jpg
tata-punch-ev-2024 (5).jpg
tata-punch-ev-2024 (6).jpg
tata-punch-ev-2024 (7).jpg
tata-punch-ev-2024 (8).jpg
tata-punch-ev-2024 (9).jpg
tata-punch-ev-2024 (10).jpg
tata-punch-ev-2024 (11).jpg
tata-punch-ev-2024 (12).jpg
tata-punch-ev-2024 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ