arrow
ADVERTISEMENT

कांग्रेस केन्द्रीय समितिको बैठक

एक पटक राष्ट्रपति र दुई कार्यकाल मात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव कांग्रेस बैठकमा [भिडियो]

केन्द्रीय समितिबाट पास हुने विश्वप्रकाशको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १५ शनिबार
bishwaprakash-sharma-05-15-1.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा आफूले एक पटक राष्ट्रपति र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने नीति प्रस्ताव गरेको बताए । 

उनले आइतबार बस्ने केन्द्रीय समितिको बैठकले सो नीति साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए । प्रधानमन्त्री जतिसुकै लोकप्रिय बने पनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । उनले अहिले केही समस्या रहेको भए पनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे । 

महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जान सके भविष्यमा सबै राजनीतिक दलहरूलाई प्रभाव पार्ने बताए । उनले सो दृष्टिकोण अहिले बन्न नसके संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी अघि बढाउने पनि बताए । 

उनले भने, ‘यो देशमा खालि प्रधानमन्त्री उनै उनै अनुहारहरू भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ ? भन्ने चासो छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनै पनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शीतल शीतल मुद्रामा बिदा भएर जानुपर्छ । अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँँ पाँच चोटि बन्नुभयो रे ? उन ६ चोटि बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ । त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईँ फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन । यसरी नै यो पोलिसी अहिले जो प्रस्तावित छ, हामीभित्र कांग्रेसको कार्य समितिमा । अलिअलि समस्या भइरहेको छ, विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरूको दृष्टिकोण साझा र सहमतिको रूपमा भोलि कांग्रेसको केन्द्रीय समितिबाट पास हुन्छ । त्यो दृष्टिकोण अहिले पार्टीको बनेर गयो भने त्यसले भोलिको लागि सबै राजनीतिक दलहरूलाई प्रभाव गर्छ । यदि त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्ने गरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै । यस्ता रूपान्तरणका थुप्रै मुद्दाहरू अब तपाईँ हामीले उठाउन जरुरी छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ