arrow

सूर्यदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ भाद्र १६ गते आइतबार, इस्वीसंवत सेप्टेम्बर १ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रकृष्णपक्षको चतुर्दशी तिथि रातिमा ४ः५७ बजेसम्म त्यसपछि अमावश्य तिथि लाग्नेछ । नक्षत्रमा अश्लेषा राति १०ः५० बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ३५ घटि ४४ पलासम्म त्यसपछि शिव योग रहनेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३१ घटि ३९ पला अर्थात १२ घण्टा ४१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४३ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ३ः३९ बजे र अस्ताउने समय साँझमा ५ः३९ बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय खराव रहनेछ । नचाहँदा नचाहँदा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठूलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ, सचेत रहनुहोला ।

वृष : आज पनि समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक काम समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ ।

मिथुन : आज पनि समय खराब छ । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला । काम बिग्रने हुँदा मानसम्मानमा कमि हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग पनि रहेको छ ।

कर्कट : आज समय पनि अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशि तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिंह : आज पनि समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबीच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

कन्या : आज पनि समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेको छ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेको छ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुला : आज पनि समय राम्रो छ । राजनीति तथा समाजसेवामा समय दिनेले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिने छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिने छ ।

वृश्चिक : आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्ने छ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाइँको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा भने मन खिन्न हुने छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धित समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनु : आज पनि समय राम्रो रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्ने सक्रिय हुने छन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमानश्रीमती बीच मनमुटाव बढ्न योग रहेको छ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउने छैन ।

मकर : आज पनि समय भरपर्दो रहने छैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पतिपत्नी बिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचना बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्ने धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आइ सुरु गरेका काम सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिने छ ।

कुम्भ : आज पनि समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक काम गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाई लेखाईमा प्रतिस्पर्धीलाई किनारा लगाउँदै सफलता हात पार्न सकिने छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने छ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

मीन : आज पनि समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने सम्भावना रहेको छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुने छ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचे जस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजमूलक कामबाट भनेजस्तै नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुने छ ।
 

साइतः सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, दक्षिण र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४२ बजेदेखि ७ः१७ बजेसम्म उद्धेग बेला
बिहान ७ः१७ बजेदेखि ८ः५३ बजेसम्म चर बेला
बिहान ८ः५३ बजेदेखि १०ः२८ बजेसम्म लाभ बेला
बिहान १०ः२८ बजेदेखि १२ः०३ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०३ बजेदेखि १ः३९ बजेसम्म काल बेला
दिनमा १ः३९ बजेदेखि ३ः१४ बजेसम्म शुभ बेला
दिनमा ३ः१४ बजेदेखि ४ः४९ बजेसम्म रोग बेला
दिनमा ४ः४९ बजेदेखि ६ः२५ बजेसम्म उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२५ बजेदेखि ७ः४९ बजेसम्म चर बेला
साँझ ७ः४९ बजेदेखि ९ः१४ बजेसम्म लाभ बेला
राति ९ः१४ बजेदेखि १०ः३९ बजेसम्म अमृत बेला
राति १०ः३९ बजेदेखि १२ः०४ बजेसम्म काल बेला
राति १२ः०४ बजेदेखि १ः२८ बजेसम्म शुभ बेला
राति १ः२८ बजेदेखि २ः५३ बजेसम्म रोग बेला
रातिमा २ः५३ बजेदेखि ४ः१८ बजेसम्म उद्धेग बेला
रातिमा ४ः१८ बजेदेखि ५ः४२ बजेसम्म चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ