arrow

रौतहटका दुई विद्यार्थी एमबीबीएस परीक्षामा नेपालमै पहिलो र दोस्रो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
mbbs-rautahat-top-2081.jpg

रौतहट । शिक्षा, साक्षरतामा देशको ७७औं स्थान अर्थात् पुछारमा रहेको जिल्ला रौतहटका दुई जना विधार्थी एमबीबीएसको परीक्षामा नेपालमै पहिलो र दोस्रो स्थान ल्याउन सफल भएका छन् ।

एमबीबीएस मेडिकलमा अध्ययनका लागि नेपाल सरकारले हालै लिएको छनोट परीक्षामा रौतहटका दुईजना विद्यार्थी पहिलो र दोश्रो स्थान प्राप्त गरेर जिल्लाको सम्मान बढाएका छन् ।

शिक्षा मन्त्रालयद्धारा शुक्रबार प्रकाशित नतिजा अनुसार स्थानीय यमुनामाई गाउँपालिका १, जेठरहिया  चिकना गाँउका विद्यार्थी अनिषराज प्रजापति देशमै पहिलो स्थान र माधवनारायण नगरपालिका फुलवरिया गाउँका अर्का विद्यार्थी मधुसुदनप्रसाद साहले दोस्रो स्थान ल्याउन सफल भएका छन् । 

एमबीबीएस परीक्षामा प्रजापतिले १७८ र साहले १७५.५ अंक ल्याएका छन् । यसअघि गत एसईई परीक्षामा पनि दुर्गा भगवती गाउँपालिकाकी एकजना छात्रा अञ्जलीकुमारी झाले  ४ जीपीए अंक ल्याएर देशमै उत्कृष्ट बनेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ