arrow

दुर्लभ घटना : हात्तीले जन्मायो जुम्ल्याहा छावा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
elephant-bahundangi-jhapa.jpg

काठमाडौँ । दक्षिणी म्यानमारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान छावा जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ । 

अगष्ट २६ मा जन्मिएका केटाकेटी (एक भाले र एक पोथी) दुबै स्वस्थ रहेका र उनीहरूकी आमा पनि स्वस्थ रहेको विङगबाउ हात्ती शिविरका पशु चिकित्सक मायो मिन आङले बताए । 

आङका अनुसार पहिले केटो र त्यसको चार मिनेटपछि केटी जन्मिएका थिए ।

जुम्ल्याहा हात्तीले शुरुमा दुई दिनसम्म आमाको दूध पिउन नसक्ने भएकाले उनीहरूलाई बोतलबाट दूध खुवाइएको थियो । तेस्रो दिनदेखि जुम्ल्याहा बच्चाले आमाको दूध खान थालेका छन् ।

सन् १९६० पछि म्यान्मामा हात्तीको जुम्ल्याहा सन्तान जन्मेको जानकारी भएको यो १२ औँ घटना हो ।

अहिले विङबाउ हात्ती शिविरमा नयाँ जुम्ल्याहा केटाकेटीसहित नौ वटा हात्ती रहेको र यो दुर्लभ जन्म भएकाले उनीहरूलाई विशेष हेरचाहका लागि व्यवस्था गरिएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ